खेल

टि–२० विश्वकपको एशिया छनोट खेलतालिका सार्वजनिक

काठमाडौं– सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ। आइसिसीले बुधवार सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको छ। 

एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ। नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ। त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ। 

एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म युएइमा आयोजना हुनेछ। 

प्रकाशित: ६ चैत्र २०७५ ०८:३८ बुधबार

क्रिकेट विश्वकप_एशिया_छनोट खेल_तालिका आइसिसी