खेल

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको अघिल्लो चरणमा प्रवेश

काठमाडौं – इङ्लिस क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न समूह ‘एफ’ को खेलमा फ्रान्सेली क्लब लियोनसँग २–२ गोलको बराबरी रोकिएपनि सिटी अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

लियोनका लागि ५५ र ८१ औं मिनेटमा म्याक्सवेल कोर्नेटले गोल गर्दा सिटीबाट ६२ औं मिनेटमा एमिरिक लापोर्ट र ८३ औं मिनेटमा सर्जियो अग्युइरोले गोल गरे। बराबरीसँगै शीर्ष स्थानको सिटीले ५ खेलबाट १० अंक जोडेको छ। लियोन ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ। लियोनको पनि नकआउट चरणको सम्भावना कायमै छ।

यही समूहको अर्को खेलमा जर्मन क्लब होफेनहाइमलाई युक्रेनको शख्तर डोनेक्स्टले ३–२ ले पराजित गरेको छ। जितसँगै शख्तरको ५ खेलबाट ५ अंक छ। पराजित होफेनहाइम भने ३ अंकका साथ पुछारमा छ।

प्रकाशित: १२ मंसिर २०७५ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App