खेल

एएफसी कपकाे ड्र सार्वजनिक

काठमाडाैं - एएफसी कपको ड्र सार्वजनिक गरिएको छ। जारी ड्र मा नेपाली क्लब समुह ई मा परेको छ। शहिद स्मारक ए डिभिजन लिग विजेता क्लबले एएफसी कपमा सहभागिता जनाउन पाउने छ। नेपाल रहेको समुहमा भारतको मिनेर्भा पञ्जाब क्लब रहेको छ भने बंगलादेशबाट सहभागिता जनाउने क्लबको टुङ्गो लाग्न बाँकी रहेको छ। यस्तै समुहमा अर्को टोली भने प्लेअफको विजेता हुनेछ।

एसियन फुटबल फेडेरेशन (एएफसी) ले प्रतियोगितामा सहभागिता जनाउने ३६ टोलीलाई ९ समुहमा विभाजन गरेर विहिबार ड्र सार्वजनिक गरेको हो।

 

प्रकाशित: ६ मंसिर २०७५ १२:३५ बिहीबार

एएफसी_कप