खेल

मनाङलाई गभर्नर्स गोल्डकपकाे उपाधि

काठमाडौं – सिक्किमको रेड आर्मीलाई १–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले सिक्किममा सम्पन्न गभर्नर्स गोल्डकपको उपाधि जितेको छ।

पाल्जोर रंगशालामा मनाङलाई उपाधि दिलाउन सुजल श्रेष्ठले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । नियमित कप्तान विराज महर्जनबिना मैदान उत्रिएको मनाङले यसअघि क्वार्टरफाइनलमा कोलकाता कस्टम्स र सेमिफाइनलमा कोलकता एटिकेलाई पराजित गर्दै उपाधि होडमा उभिएको थियो।

नकआउट चरणका खेलमा विराजको अनुपस्थितिमा कप्तानी सम्हालेका सुजलले क्लार्टरफाइनलमा कोलकाता कस्टम्सविरुद्ध दुई र सेमिफाइनलमा कोलकता एटिकविरुद्ध एक गोल गरेका थिए।

सोझै क्वार्टरफाइनल खेलेको नेपालले कोलकाता कस्टम्सलाई ४–२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो भने अन्तिम चारको खेलमा एटिकेविरुद्ध ६–२ को फराकिलो जित निकालेको थियो।

प्रकाशित: १८ कार्तिक २०७५ ०४:४८ आइतबार

मनाङ_मर्स्याङ्दी गभर्नर्स_गोल्डकप