खेल

यु–१९ महिला च्याम्पियनसिप छनोट : नेपालद्वारा पाकिस्तान पराजित

काठमाडाैं - नेपालले थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट  अन्तर्गत दोश्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ। आइतबार भएको खेलमा पाकिस्तानलाई ९–० गोलले पराजित गर्दै नेपालले छनोट चरण अन्तर्गतको दोश्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको हो। नेपाल अर्को चरणमा प्रवेश गर्ने वा नगर्ने भन्ने टुङ्गो भने आइतबार नै हुने आयोजक थाइल्याण्ड र भारतबीचको खेलले लगाउनेछ। सो खेल बराबरी भए वा भारत पराजित भए नेपाल अर्को चरण प्रवेश गर्नेछ। 

पाकिस्तानलाई सजिलै पराजित गर्न नेपालकी निशा ठोकरले ह्याट्रिक पुरा गरिन्। उनले खेलको ५७ औं, ७४ औं र ८५ औं मिनेटमा गोल गरिन्। यस्तै पुजा रानाले दुई तथा मन्जली कुमारी, सम्झना लावती, एलिशा जिम्बा र सरु लिम्बुले समान एकएक गोल गरे। यसअघि खेलेका खेलमा नेपाल आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने भारतलाई २–० ले हराएको थियो।

प्रकाशित: ११ कार्तिक २०७५ ११:३८ आइतबार

एएफसी_यु–१९ महिला_च्याम्पियनसिप फुटबल