खेल

साफ यु–१८ महिला फुटबल : पाकिस्तानकाे पाेष्टमा नेपालकाे एक दर्जन गाेल

काठमाडाैं - भुटानमा जारी साफ यु–१८ महिला फुटबलमा नेपालले पाकिस्तानलाई १२–० को भारी अन्तरले पराजित गरेकाे छ। थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा शुक्रवार सम्पन्न आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि फराकीलो अन्तरको जित निकाल्ने क्रममा नेपालकी रेखा पौडेल एक्लैले ७ गोल गरिन्। रेखाले खेलको ५ , ७ , १९ , ३२ , ३८ , ७१  र ७४ औं मिनेटमा गोल गरिन्। यस्तै सरु लिम्बु, रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, मन्जली कुमारी योञ्जन र मनिसा राउतले समान एकएक गोल गरे।

असोज २२ सम्म संचालन हुने प्रतियोगितामा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन्। च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालले समूह चरणमा पाकिस्तान र बङ्लादेशसँग खेल्नेछन्। त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान छन्। समूहका दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। नेपालले दोस्रो खेलमा असोज १६ गते बंगलादेशसँग खेल्नेछ।

 

प्रकाशित: १२ आश्विन २०७५ १५:३२ शुक्रबार

साफ_यु–१८ महिला_फुटबल