खेल

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनाेटकाे सम्पूर्ण तयारी पुरा

काठमाडौं - नेपालमा हुने एएफसी १६ वर्षमुनिकाे महिला च्याम्पियनसिप छनाेटकाे सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ। यही असोज ३ गतेदेखि शुरु हुने समूह चरणका खेलहरुको सम्पूर्ण तयारी पूरा भएको साेमवार एन्फाद्वारा आयोजित पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

विभिन्न छ समूहमा विभाजन गरिएको उक्त छनाेट प्रतियोगिता अन्तर्गत समूह ‘इ’ को खेल नेपालमा हुन लागेको हो। उक्त प्रतियोगितामा सहभागी हुने सबै टोली नेपाल आइपुगिसकेका छन्। प्रतियोगिता अन्तर्गत नेपाल समूह ‘इ’ मा छ। नेपालको समूहमा फिलिपिन्स, म्यानमार र मलेसिया छन्। नेपालले आफ्नो पहिलो खेल यही असोज ३ गते फिलिपिन्ससंँग खेल्नेछ। 

त्यसैगरी नेपालले दोस्रो खेल ५ गते म्यान्मारसँग तथा छनोटको अन्तिम खेल ७ गते मलेसियासंँग खेल्नेछ। समूहको विजेता टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन्।

नेपाली टोलीमा गोलकिपर साबित्री किसान, पूजा थापा, करिना धिमाल छन्। त्यस्तै, डिफेन्समा सजना ठोकर, खुस्मा राई, पुष्पा गुरुङ, सविना चौधरी, भावना थापा, सुरक्षा सिंह, र मनमाया परियार छन्। मिडफिल्डमा प्रिति राई, मुना मगर, सुरक्षा सुखरीया, रजनी रानामगर, सबिता रानामगर, सुष्मा तामाङ, मनिका घर्तीमगर, अस्मिता चौधरी र मनिषा विष्ट छन्।फरवार्डमा श्रीषा कार्की, मन्दिरा राई, चन्द्रिका भण्डारी र निकिता ठोकर छन् भने टोलीको मुख्य प्रशिक्षकमा गङ्गा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षकमा बिनोद महर्जन छन्। छनोट चरणको सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा हुनेछ। रासस

प्रकाशित: १ आश्विन २०७५ १३:३० सोमबार

एएफसी महिला_फुटबल