खेल

सन्दीप अफगानिस्तान प्रिमियर लिगमा अनुबन्धित

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एफपीए) खेल्ने भएका छन्। दुबईमा सोमबार भएको अक्सनमा सन्दीप लामिछानेलाई नान्गहर क्लबले अनुबन्धन गरेको हो।

सन्दीपलाई एशोसिएट राष्ट्रबाट अनुबन्ध गरिएको हो। अब सन्दीपको गन्तव्य अफगानी प्रिमियर लिग बनेको छ। ड्राफ्टमा रहेका नेपालका कप्तान पारस खड्का र सोमपाल कामी भने अक्सनमा लिलामी हुन सकेनन्। प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ।

प्रतियोगिता आगामी असोज १९ देखि कात्तिक ४ गतेसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा हुनेछ । सन्दीपले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यान्डाको ग्लोबल टी–२० र वेस्ट इण्डिजको राष्ट्रिय लिग खेलिसकेका छन् । सबै खेलाडीलाई विभिन्न ६ वटा क्याटेगोरीमा राखिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको प्रतियोगितामा ४० बढी विदेशी खेलाडीले भाग लिएका थिए।

सन्दीपको टोलीमा आन्द्रे रशेल, तामिम इकबाल, मुजिब रहमान, वेन कटिङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिचेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान रहेका छन्।

 

प्रकाशित: २६ भाद्र २०७५ ०५:२७ मंगलबार

सन्दीप_लामिछाने अफगानिस्तान_प्रिमियर_लिग