खेल

फिफा वर्ष खेलाडीकाे सुचीमा अटेनन् मेस्सी

तस्विर : एजेन्सी

काठमाडाैं - अर्जेन्टिना तथा बार्सिलोनाका चर्चीत फुटबल खेलाडी लियोनल मेस्सी सन् २०१८ को फिफा वर्ष खेलाडीको मनोनयन सुचीबाट वाहिरीएका छन्। पाँच पटकका बालोन डीओर विजेता मेस्सी सन् २००६ पछि पहिलो पल्ट सोमवार घोषणा भएका शिर्ष तीन खेलाडीको मनोनयन सुचीमा पर्न सकेनन्।

२०१८ का लागि फिफा पुरुष वर्ष खेलाडीको शिर्ष ३ मनोनयन सुची भित्र पोर्चुगल तथा युभेन्ट्सका खेलाडी क्रिस्टियानो रोनाल्डो, इजिप्ट तथा इङ्लिस क्लब लिभरपुलका खेलाडी मोहम्मद सालाह र क्रोएसिया तथा रियल मड्रिडका खेलाडी लुका मोड्रिचले स्थान बनाएका छन्। सालाह र मोड्रिच भने पहिलो पल्ट सुचीमा समावेश भएका हुन्। 

रोनाल्डोले पाँच पल्ट रियललाई च्याम्पियन्स लिगको उपाधी दिलाएका थिए। उनले च्याम्पियन्स लिगका वितेका तीन लगातार सिजनहरुको उपाधी रियललाई दिलाएका हुन। रियलबाट यसै वर्ष उनी इटालीयन क्लब युभेन्ट्स भित्रीएका हुन्। यस्तै गत सिजन च्याम्पियन्स लिग उपाधी रियलले उचाल्दा त्यसको अर्का महत्वपुर्ण सदस्यका रुपमा मोड्रिच समेत रहेका थिए। मोड्रिचले आफ्नाे देशलाई सन् २०१८ को विश्वकप फाइनल पुर्याउन समेत महत्वपुर्ण योगदान दिएका थिए। मोड्रिच विश्वकपका गोल्डेन बल विजेता समेत हुन्। यस्तै सालाहले समेत लिभरपुलबाट उत्कृष्ट खेल पस्कदै आएका छन्। 

सार्वजनिक गरिएको सुचीमा यसै वर्ष सम्पन्न फिफा विश्वकपको उपाधी उचालेको फ्रान्सका भने कुनै खेलाडीले स्थान बनाउन सकेनन्। सन् २००८ देखि उत्कृष्ट खेलाडीको उपाधीमा मेस्सी र रोनाल्डोको दबदबा रहँदै आएको छ। उपाधी विजेताको घोषणा सेप्टेम्बर २४ मा लण्डनको रोयल फेस्टिभल हलमा हुनेछ।

 

प्रकाशित: १८ भाद्र २०७५ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App