खेल

दक्षिण कोरिया फाइनलमा

बोगार – दक्षिण कोरियाले बुधबार भियतनामलाई ३–१ ले पराजित गर्दै एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा स्थान पक्का गरेको छ । यस जितसँगै स्ट्राइकर सन ह्युङ–मिनले व्यावसायीक खेलजीवनलाई निरन्तरता दिने सम्भावना पनि जीवित राखेका छन्।

इन्डोनेसियामा दक्षिण कोेरियाले स्वर्ण पदक नजितेमा सनले अनिवार्य रूपमा २१ महिने सैन्य तालिम गर्नुपर्छ । यसले उनको व्यावसायिक खेलजीवनमाथि धक्का लाग्न सक्छ।दक्षिण कोरियाको जितमा लि सुङ वोले २  र ह्वाङ वी जोले १ गोल गरे । भियतनामका भोेङले सान्त्वना १ गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । दक्षिण कोरियाले शनिबार हुने फाइनलमा जापान र युएईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १४ भाद्र २०७५ ०४:१२ बिहीबार

दक्षिण_कोरिया फुटबल फाइनल