खेल

जय ट्रफी: आर्मीलाई मधेशले दियो २८ रनको सामान्य लक्ष्य

जय ट्रफी पुरुष एटिल कप क्रिकेटमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबसामु २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । फलोअनमा परेको मधेश दोस्रो इनिङ्समा पनि सस्तैमा समेटियो ।

वीरगञ्जमा बिना क्षति २ रनबाट आइतबार दोस्रो दिनको खेल थालेका मधेश १५० रनमा अलआउट भयो । मयन यादवले ४९ र  क्याप्टेन हरिशंकर साहले २५ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य हुन सकेन ।

आर्मीका लागि बसिर असहमदले ४, सहाब आलमले ३ र आकाश चन्दले २ विकेट लिए । मधेशले अन्तिम पाँच बलमा ३ विकेट गुमाएपछि आर्मीले सामान्य लक्ष्य पाएको हो ।

पहिलो इनिङ्समा मधेश १०२ रनमा अलआउट भएको थियो । आर्मीले भने पहिलो इनिङ्स ९ विकेटको क्षतिमा २२५ रनमा डिक्लियर गरेको थियो ।

नेपाल पुलिस क्लबसँग पराजित भएको मधेशले फाइनलमा स्थान बनाउन आर्मीविरुद्ध फराकिलो जित निकाल्न पर्ने थियो । मधेशविरुद्ध जित निकाल्न सके आर्मीले दुई बराबरी र एकमा जितसहित जय ट्रफीको फाइनल खेल्नेछ । मधेश विजयी भए रनरेटका आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । 

प्रकाशित: २८ पुस २०८१ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App