खेल

कञ्चनजंघा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी पूरा

मंसिर १५ देखि २२ गतेसम्म ताप्लेजुङको फुङलिङमा हुने दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ।  

आयोजक चासोक तङनाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए। उनले सेमिफाइनलसम्मका सबै खेलहरुको टिकटदर १ सय रुपैयाँ र फाइनलको २ सय रुपैयाँ निर्धारण गरिएको बताए।  

मंसिर २१ गते शुक्रवार भानुजन मावि अम्बिटारको खेल मैदानमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाले उक्त दिन खेल नहुने थेबेको भनाइ छ। सांस्कृतिक कार्यक्रम हेर्न भने दर्शकले २ सय रुपैयााँको टिकट काट्नु पर्नेछ। सांस्कृतिक कार्यक्रममा गायिका शान्तिश्री परियार, झूमा लिम्बू र माल्भिका सुब्बाले आआफ्नो प्रस्तुति दिनेछन् भने रैथाने ब्याण्डको प्रस्तुति रहने छ। गोल्डकपका लागि भानुजन माविको खेलमैदानमा प्याराफिट तयार भएको छ ।  

गोल्डकपको उद्घाटन खेलमा १५ गते आयोजक कञ्चनजंघा फुङलिङ क्लव र तेह्रथुमको सम्दु फुटबल क्लवसंग प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ तथा उपविजेताले एकलाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रकाशित: १३ मंसिर २०८१ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App