खेल

तेक्वान्दो टोली उज्वेकिस्तान प्रस्थान

आईटीएफ तेक्वान्दो विश्वकप –२०२४ मा सहभागी हुन नेपाली टोली शुक्रबार उज्वेकिस्तानको ताजकिस्तान प्रस्थान गरेको छ।

नोभेम्बर १ देखी ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुरेन्द्र अदै तथा ५२ केजीमुनि खगेन्द्र घर्ती मगरले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। महिला ५७ केजीमुनि नविना विश्वकर्मा र ५२ केजीमुनि बसन्ती डाँगी सहभागी हुने छन्।

टोली प्रमुखमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगर र प्रशिक्षकमा होमबहादुर सुनार छन्। महासचिव मगरसहित विक्रम बाठा मगरले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने  छन्। टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बिदाइ गरे।

प्रकाशित: १६ कार्तिक २०८१ २०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App