खेल

करातेका दुई खेलाडीलाई सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले करातेका दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।  

करातेका खेलाडीद्वय सिद्दिकी ताज बबरलाई एक लाख ५० हजार र विपिनराजसिंह दर्जीलाई ७५ हजार रूपैयाँ प्रदान गरेको हो। सिद्दिकी सडक दुर्घटना परी घाइते भएका थिए। विपिनको मृगौलामा समस्या छ।

कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। सो अवसरमा कोषका सदस्यसचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का उपनिर्देशक एवं शारीरिक सुगठनका मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरको उपस्थित थिए। 

प्रकाशित: २२ आश्विन २०८१ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App