खेल

अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको छलाङ, अलराउन्डरतर्फको वरीयाताको दोस्रो स्थानमा

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।  

एकैपटक चार स्थान सुधार गर्दै उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को विश्व वरीयातामा दोस्रो  नम्बरमा पुगेका हुन् । 

वरीयाताको पहिलो स्थानमा इंग्ल्यान्डका लाइम लिभिङस्टोन छन् । ऐरीले अस्ट्रेलियाका मार्कुस इष्टोइनिस, जिम्बाबेका सिकन्दर राजालाई पछि पारेका छन् ।  

अलराउन्डतर्फको शीर्ष दशमा श्रीलंकाका वानिन्दु हसरन्का, अफ्गानिस्तानका मोहमद नाबी, भारतका हार्दिक पाण्डेय, पाकिस्तानका इमाद वासिम, साउथ अफ्रिकाका एडम माक्रम र नामिबियाका गेरार्ड इरासमुस छन् । 

प्रकाशित: १६ आश्विन २०८१ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App