खेल

पारस, मनोज र शिशिरको टोलीलाई कांस्य

नेपालका पारस भण्डारी, मनोज श्रेष्ठ र शिशिर श्रेष्ठको टोलीले जी टु अस्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेको छ।

शिशिर १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पुम्सेतर्फ कांस्य विजेता पनि हुन्। अस्ट्रेलियाको ब्रिसबेनमा भएको च्याम्पियनसिमा उक्त टोलीले ३० वर्षमुनि पुरुष टिम पुम्सेमा कांस्य पदक जितेको हो। 

अस्ट्रेलियाा तेक्वान्दोको आयोजनामा ब्रिसबेनस्थित निसान एरिनामा भएको उक्त स्पर्धामा सिंगापुरले रजत तथा हङकङले स्वर्ण पदक जितेको थियो। 

शिशिर उनको सहकर्मी अस्ट्रेलिया तेक्वान्दोकै राष्ट्रिय च्याम्पियनसिपका लागि पनि छनोट हुँदै अर्को सफलता पाएका थिए। 

प्रकाशित: ९ आश्विन २०८१ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App