समाज

तिरुपतिको प्रसाद अपवित्र गरिएको भन्दै प्रायश्चित गर्दै पवन कल्याण

आन्ध्र प्रदेशका उपमुख्यमन्त्री एवं साउथ इन्डियन अभिनेता पवल कल्याणले तिरुपति मन्दीरको प्रसाद अपवित्र गरिएको भन्दै प्रायश्चित गर्ने घोषणा गरेका छन्।

उनले मन्दीरको प्रसादलाई अपवित्र गरेको घटनाले दुखी बनाएको भन्दै ११ दिनसम्म उपवास गर्ने र प्रायश्चित गर्ने घोषणा गरेका हुन्।

उनले तिरुपति लड्डु प्रसादको अपमान गरिएको भन्दै आफूले निकै पीडा महसुस गरिरहेको बताएका हुन्।

आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन्, ‘हाम्रो संस्कृति, आस्था, विश्वास र श्रद्धाको धर्म, श्री तिरुपति बालाजी धामको प्रसादमा कुत्सित प्रयास गर्दै अपवित्रताको प्रयास गरिएको छ त्यसले म व्यक्तिगत रुपमा निकै मर्माहित भएको छु। आफैँले आफैँलाई ढाटेको र छल गरेको महसुस हुँदैछ। भगवान वेङ्केटेश्वरसँग म प्रार्थना गर्दछु की यस दुःखद क्षणमा हामी र समस्त सनातनीलाई आफ्नो कृपा गरुन्।'

भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजी मन्दीर विश्व प्रसिद्ध मन्दीर हो। जहाँको प्रसादमा जनावरको बोसो प्रयोग भएको रिपोर्ट सार्वजनिक भएको छ। उक्त घटना प्रति अहिले भारतमा तीव्र राजनीति सुरु भएको छ।

प्रकाशित: ६ आश्विन २०८१ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App