खेल

स्मिथले रुँदै माफी मागे

सिड्नी– अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान स्टिभन स्मिथले बल टेम्परिङ प्रकरणमा माफी मागेका छन्।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा बेनक्रफ्टले आचारसंहिता विपरित बलमा टेप लगाइरहेको दृश्य सार्वजनिक भएपछि कप्तान स्मिथसहित उपकप्तान डेभिड वार्नर र बल टेम्परिङ गर्ने क्यामरुन बेनक्रफ्ट कारवाहीमा परेका बेला उनले विहीबार पत्रकार सम्मेलन गरी माफी मागेका हुन्।

कारबाहीमा परेपछि पहिलोपटक पत्रकार सामु आशु भरिएका आँखा लिएर प्रस्तुत भएका स्मिथले आफूले गल्ती गरेको स्वीकारेका छन्।

केही दिनअघि केप टाउनमा भएको टेस्ट खेलमा अस्ट्रेलियन बलर केम्रन बेङ्क्रफ़्टले सुरुवालमा लुकाएर टेपले बलमा टासेका थिए। स्मिथलार्इ कारबाही स्वरुप क्याप्टेनबाट हटाइनुका साथै एक बर्षका लागि सबै खेलबाट प्रतिबन्ध लगाइएको  छ।।

कडा सुरक्षाबीच एयरपोर्टमा भएको पत्रकार सम्मेलनमा स्मिथ आफ्ना बाबुसँगै उपस्थित थिए। आफूले बल स्क्र्याच गराएर ठुलो गल्ती गरेको भन्दै भक्कानिएका स्मिथ मैदानमा आफूले गरेको गल्तीमा सबै सँग क्षमा मागेका थिए।

पटक पटक रोएका स्मिथ राम्रा मान्छेले नै गल्ती गर्छन भन्दै उनले आफ्नो गल्ती  गलत  नेतृत्वको परिणाम भएको टिप्पणी गरे।

केपटाउनको मैदानमा भएको सम्पूर्ण गल्तीको भागेदार आफू भएको र त्यसको दोष अरुमाथि नथुपार्न पनि उनले अनुरोध गरेका थिए।

क्रिकेट संसारकै सबैभन्दा ठुलो खेल भएको र आफ्नो जीवनमा पनि त्यो भन्दा ठूलो अरु नभएको जिकिर गर्दै स्मिथले आफूले गरेको गल्ती सुधार्न अब कुनै कसर बाँकी नराख्ने र यसबाट अरुले पनि केहि सिक्न आग्रह गरे।

प्रकाशित: १५ चैत्र २०७४ १३:२६ बिहीबार

स्मिथले रुँदै माफी मागे