खेल

आइसिसी टी–२० विश्वकपः भारतबिरुद्ध अमेरिकाले ११० रन बनायो

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतबिरुद्ध अमेरिकाले ११० रन बनाएको छ ।

टस हारेर पहिला व्याटिङ  गरेको आयोजक अमेरिकाले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको हो ।अव भारतले खेल जित्न १११ रन बनाउनु पर्नेछ ।

भारतका अर्शदीप सिंहको उत्कृष्ट बलिङ संगै अमेरिका ११० रनमै समेटिएको हो ।  

उनले ४ ओभरमा  जम्मा ९ रन दिएर ४ विकेट लिए । अर्शदीपले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर आयोजक अमेरिकालाई दबावमा राखे । उनले पहिलो ओभरमै २ विकेट लिएका हुन । 

हार्दिक पाण्डेयले ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । त्यसैगरी अक्षर पटेलले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।

अमेरिकाका लागि सबै भन्दा वढि नितिश कुमारले २७ रन तथा स्टीवन टेलरले २४ रन बनाए ।  

प्रतियोगितामा आज दुवै टिम लगातार तेस्रो जितको खोजीमा छन्। यसअघि पहिलो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटको र पाकिस्तानविरुद्ध ६ रनको जित निकालेको थियो।

यस्तै, अमेरिकाले पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको र दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।

समूह ‘ए’ मा रहेको भारत नेट रनरेटको आधारमा ४ अङ्कसहित शीर्ष स्थानमा छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

भारतको पछिल्लो खेलमा राम्रो प्रदर्शन नभए पनि उसका बलरहरूले पाकिस्तानविरुद्धको म्याच जिताउन ठूलो भूमिका निर्वाह गरेका थिए।

अमेरिका पनि जारी सिजनमा बलियो दावेदारको रुपमा प्रस्तुत भइरहेको छ। मोनाङ्क पटेलको कप्तानीमा रहेको अमेरिकाले पछिल्लो समय पाकिस्तानलाई हराएको थियो।

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको सुपर–८ मा स्थान निश्चित गर्नेछ।

प्रकाशित: ३० जेष्ठ २०८१ २२:०६ बुधबार

#T20 World Cup