खेल

हेड र अभिषेकको तुफानी पारीले दिल्लीमाथि हैदरावादको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले लगातार चौथो जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई उसकै घरेलु मैदानमा ६७ रनले पराजित गर्दै हैदरावादले चौथो जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाएर २६६ रन बनायो। २६७ रनको लक्ष्यसहित मैदान उत्रेको दिल्ली ५ बल बाँकी छँदै १९९ रनमा अलआटउ भयो।  

हैदरावादको जितका लागि ऐतिहासिक पारी खेल्दै ट्रेविस हेड र अभिशेक शर्माले ५ ओभरमै सय रन कटाए। जुन आईपीएल इतिहासमा पहिलो पटक हो। ट्रेविस हेडले सर्वाधिक ८९ रनको पारी खेल्दा अभिषेक शर्माले ४६ रन जोडे। जबकी नीतिक कुमार रेड्डीले ३७ रन बनाए।  

प्रकाशित: ९ वैशाख २०८१ ०६:१५ आइतबार

इन्डियन प्रिमियर लिग क्रिकेट सनराइजर्स हैदरावाद दिल्ली क्यापिटल्स