खेल

कीर्तिमानी हर्षल गिब्सले बधाई दिँदै दीपेन्द्रलाई भने: ‘वेलकम योङ म्यान’

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी दक्षिण अफ्रिकाका हर्षल गिब्सले बधाई दिएका छन्।

गिब्सले आइतबार क्रिकेट कमेन्टेटर एन्ड्रयू लियोनार्डले आफ्नो सामाजिक सञ्जालमा हालेको दीपेन्द्रसिंह ऐरीको भिडियोलाई सेयर गर्दै बधाई दिएका हुन्।

उनले भिडियो सेयर गर्दै लेखेका छन्, ‘वेलकम योङ म्यान।’ गिब्सले सन् २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सका डान भान बुगीलाई एकै ओभरमा ६ छक्का हिर्काएका थिए।

शनिवार कतारविरुद्ध दीपेन्द्रले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौं खेलाडी हुन्।

प्रकाशित: २ वैशाख २०८१ १७:०३ आइतबार

कीर्तिमानी हर्षल गिब्स अलराउन्डर दीपेन्द्रसिंह ऐरी