खेल

नेपालका आशिफ ११ रनमा आउट

टी–२० अभ्यास खेल अन्तर्गत नेपालले पहिलो विकेट गुमाएको छ। केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख आउट भएका छन्।

उनलाई आयरल्यान्ड वुल्भ्सबीका स्टेफन डोहनीले ११ रनमा आउट गरेका हुन्।

३ ओभरको खेल सकिँदा नेपाल १ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १३ चैत्र २०८० १३:१४ मंगलबार

टी–२० अभ्यास नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुर आशिफ शेख