खेल

आयोजक अर्किडको जित

आयोजक अर्किडले आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ।

अर्किडले मोनास्टिकलाई ४-१ गोलले पराजित गर्‍यो। अन्य खेलमा गोल्डेन बडले विद्या विकासलाई २-१, बाल गीताञ्जलीले ग्लोबललाई २-१ तथा त्रिज्योतिले हाइली क्रिएटिभलाई १-० गोलले हराए।

प्रकाशित: ६ फाल्गुन २०८० ०७:०६ आइतबार

आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता अर्किड मोनास्टिक त्रिज्योति हाइली क्रिएटिभ