खेल

दीपेन्द्र टिममा फर्किए, देव खनाललाई मौका

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आज नेपालले दोस्रो खेल बलियो नेदरल्यान्डसँग खेल्दै छ। पहिलो खेलमा नामिबियासँग हार बेहारेको नेपाल आज सुखद नतिजा निकाल्ने आशाका साथ मैदान प्रवेश गर्न लागेको छ।  

नामिबियासँगको खेलमा उपलब्ध हुन नसकेका नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आजको खेलमा उपलब्ध भएका छन्। उनी उपलब्ध भएपछि आजको प्लेइङ ११ मा फर्किएका छन् । उनको ठाउँमा खेलिरहेका पवन सर्राफलाई बाहिर बेन्चमा राखिएको छ।  

यस्तै आजको खेलमा क्यानडासँग राम्रो ब्याटिङ प्रदर्शन गरेका देव खनाललाई पनि आजको खेलमा मौका दिइएको छ। करन केसीलाई आज बेन्चमा राखिएको छ।  

यस्तो छ नेपालको प्लेइङ– ११

रोहित पौडेल (कप्तान)

आसिफ शेख (विकेटकिपर)  

कुशल भुर्तेल

कुशल मल्ल

भीम सार्की

देव खनाल

सोमपाल कामी

दीपेन्द्रसिंह ऐरी

अनिल साह

गुल्सन झा

ललित राजवंशी

प्रकाशित: ५ फाल्गुन २०८० ०९:२१ शनिबार

आइसिसी विश्वकप क्रिकेट लिग– २ नेदरल्यान्ड नेपाल दीपेन्द्रसिंह ऐरी नेपाली स्टार अलराउन्डर