खेल

कुशल भुर्तेलको अर्धशतक

नेपाल र क्यानडाबीच बिहीबार सुरु भएको पहिलो एक दिवसीय खेलमा कुशल भुर्तेलले ४६ बलमा ५१ रन पुरा गरेका छन्। नेपालको दोस्रो विकेट पनि गएको छ।

खेलको सुरुवाती चरणदेखि लयमा खेलिरहेका भुर्तेलले एक छक्का र ८ चौकाको सहयोगमा अर्धशतक पुरा गरेका हुन्। १७ बलमा ८ रन बनाएर कप्तान पौडेल आउट भएका छन्।

यसअघि सुरुवाती ब्याट्सम्यान आशिफ शेख २४ बलमा ८ रन बनाएर आउट भएका थिए। पौडेलको स्थानमा भीम सार्कीले ब्याटिङ गर्दै छन्।

नेपालले अहिलेसम्म १४।४ ओभरमा ७१ रन बनाएर दुई विकेट गुमाएको छ,। नेपाल र क्यानडाबीच सुरु भएको ३ एक दिवसीय खेल आजबाट सुरु भएको हो। नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २५ माघ २०८० १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App