खेल

आयोजक धरान र भारतकोे दुर्गापुर स्टिल एफसि भिड्दै

सुनसरी – सुनसरीको धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) आयोजक धरान फुुटबल क्लब र भारत कलकत्ताको दुर्गापुर स्टिल एफसिबीच प्रतिस्पर्धा हुदैछ।

खेल धरान १६ स्थित प्रादेशिक धरान रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।
यसअघि हिजो भएको उद्घाटन खेलमा उपाधिको दाबेदार टोली मनाङ मस्र्याङ्दीलाई १–० ले पराजित गर्दैै काठमाडौंको संकटा क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

प्रतियोगितामा आयोजक धरान फुुटबल क्लबसहित मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार, संकटा क्लब, नेपाल पुलिस क्लब, सुदुरपश्चिम खप्तड टिम, भारतको दुर्गापुर स्टिल एफसि कलकत्ता, केएफटिसि झापा ११ गरी ८ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउनेछ।

यसैगरि, सर्वाेत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र विभिन्न विधामा उत्कृष्ट खेलाडीले व्यक्तिगत नगद २५ हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

प्रकाशित: २१ माघ २०७४ ०६:०१ आइतबार

आयोजक धरान भारतकोे दुर्गापुर स्टिल एफसि भिड्दै