खेल

फाफ डु प्लेसिसलाई चोट

सेन्चुरियन – दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले चोटका कारण भारतविरुद्धको एकदिवसीय शृंखलाको बाँकी खेल र ट्वान्टी–२० शृंखला गुमाउने भएका छन्।

बिहीबार डर्बानमा भएको एकदिवसीय खेलमा डु प्लेसिसको चोर औंलामा सामान्य चोट लागेको थियो । तर दक्षिण अफ्रिकी क्रिकेटले ६ खेलको शृंखलामा आइतबार हुने दोस्रो खेलअघि डु प्लेसिस नखेल्ने घोषणा गरेको हो । उनी ३ देखि ६ हप्तापछि अस्ट्रेलियाविरुद्धको टेस्टमा मात्र ठीक हुने अनुमान गरिएको छ।  

यसअघि पूर्वकप्तान एबी डी भिलियर्स पनि औंलाकै चोटका कारण पहिलो तीन एकदिवसीय खेल नखेल्ने भएका थिए । बाँकी खेलका लागि नयाँ कप्तानको घोषणा अझै हुन सकेको छैन । दुईको स्थानमा ब्याट्सम्यान फरहान बेहार्डिन र विकेटकिपर ब्याट्सम्यान हेनरिच क्लासेनलाई टोलीमा थपिएको छ।

 

प्रकाशित: २१ माघ २०७४ ०१:२७ आइतबार

फाफ डु प्लेसिसलाई चोट