खेल

एसिसी यू–१९ एसिया कप क्रिकेटः नेपालको सय रन पूरा, गुमायो छैटो विकेट

एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले छैटो विकेट गुमाएको छ। कमजोर सुरुआत गरेको नेपालका उत्तम मगर र दिपेश कँडेलले पारी सम्हाले पनि छैटो विकेटको रुपमा कँडेललाई गुमाएको हो।

दुबईमा भइरहेको खेलमा पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमध्ये ३४ ओभर खेल्दै ६ औँ विकेट गुमाएको हो।

कँडेलले ५९ बलमा ३१ रन बनाएर आउट भएका हुन्।

हालसम्मको अवस्थामा नेपालले ३४ ओभर खेल्दै ६ विकेटको क्षतिमा ११४ रन बनाएको छ। 

नेपालका ५ विकेटमा देव खनाल, आकाश त्रिपाठी, तिलक भण्डारी, अर्जुन कुमाल र गुलशन झा आउट भइसकेका छन्।

प्रकाशित: २२ मंसिर २०८० ०८:०१ शुक्रबार

एसिसी उन्नाइस वर्षमुनि यु–१९ एसिया कप क्रिकेट नेपाल पाकिस्तान