नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र काठमाडौँ रेजर्स एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।
दुई खेल खेलेको काठमाडौँले १ मा जित हात पारेको छ भने समान २ खेल खेलेको झापाले हालसम्म कुनैपनि खेलमा जित हात पार्न सकेको छैन। काठमाडौँ भने अङ्क तालिकाको चौथो स्थानमा रहेको छ भने झापा पुछारबाट दोस्रो स्थानमा रहेको छ।
आजको खेलमा काठमाडौँ दोस्रो जितको लक्ष्यसहित मैदान उत्रने छ भने झापा पहिलो जितको खोजीमा हुनेछ।
प्रकाशित: १८ मंसिर २०८० ०२:१७ सोमबार