खेल

सहारा क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदै

कैलाली– कैलालीको धनगढीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा आज (शनिबार) सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

खेल दिउँसो २ बजेपछि धनगढी क्षेत्रीय रंगशालामा सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार सुदूरपश्चिम–११ ले च्यासल युथ क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

१२ ओटा टिमको सहभागिता रहेकोे प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
 

प्रकाशित: २२ पुस २०७४ ०३:५१ शनिबार

सहारा क्लब एपीएफबीच प्रतिस्पर्धा हुँदै