खेल

घिसिङलाई एसिया रग्बीबाट सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ।

नेपाल रग्बी संघका पूर्वअध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याए बापत सम्मान गरिएको हो। उज्बेकिस्तानको तास्कन्दमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्यसचिव घिसिङलाई अवार्ड प्रदान गरिएको थियो।

सदस्य सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य हुन्। सदस्यसचिव घिसिङ २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएयता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए। दुई वर्षअघि उनी राखेप सदस्य सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: १२ मंसिर २०८० ०३:०० मंगलबार

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप)