खेल

भैरहवासामु १३३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा ललितपुर प्याट्रिएटर्सले भैरहवा ग्लाडियटर्ससामु जितका लागि १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ् गरेको ललितपुर प्याट्रिएटर्सले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै १३२ रन बनाएको हो । ललितपुरका लागि जयकृष्ण कोल्सवालाले ४२, सन्नी पटेलले २४, दिपेश भण्डारीले २२, कप्तान ज्ञानेन्द्र मल्लले २०, तथा शंकर रानाले १२ रनको योगदान दिए ।

७ औं नम्बरमा ब्याटिङ गर्न आएका दिपेशले ९ बलमा २ चौका र २ छक्काको साथमा २२ रन बनाए । भैरहवाका लागि पुनित मिश्रले २ तथा भुवन कार्की, आरिफ  र हरीशंकर शाहले १/१ विकेट लिए । 

प्रकाशित: १३ पुस २०७४ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App