खेल

पाेखराले भैरहवालार्इ दियाे १०९ रनको चुनाैती

काठमाडौं–एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)मा साेमबार भएकाे दोस्रो खेलमा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्सलाई जितका लागि १०९ रनको सामान्य लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा राइनोज  १८.३ ओभरमा १०८ रनमै अलआउट भयो । पोखराका लागि इसरुल्लाहले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सुनिल धमलाले १५, आसिफ अलिले १० रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन।

पोखरा राइनोजलाई १०८ रनमा समेटन भैरहवाका ग्लाडियटर्सका लागि सरद भेषवाकर, कृष्ण र दिपेश श्रेष्ठले २/२ तथा प्रथम सालुन्खे, आरिफ शेख, हरीशंकर शाह र पुनित मिश्रले १/१ विकेट लिए । १०९ रनको लक्ष्यसहित केहिबेरमा भेरहवा ग्लाडियटस मैदानमा उत्रदैछ।
 

प्रकाशित: १० पुस २०७४ ०८:५० सोमबार

पाेखराले भैरहवालार्इ दियाे १०९ रनको चुनाैती