खेल

इपीएलमा विराटनगर–भैरहवा र ललितपुर–चितवन भिड्दै

काठमाडौं–एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा आजको पहिलो खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबीच प्रतिस्पर्धा हुँदैछ। 

खेल बिहान ९ बजे पछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा सुरु हुँदैछ । ३ वटा खेल खेलेको विराटनगर ३ वटै खेल जित्दै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । 

यता भैरहवा पनि आफूले खेलेका दुवै खेलमा जित हात पार्न सफल भएको छ । दुवै टोली अपराजित रहेकोले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। 

त्यस्तै आजै हुने दोस्रो खेलमा ललितपुर प्याट्रियोट्स र चितवन टाइगर्स भिड्दैछन । खेल दिउँसो १२ः४५ मा सुरु हुनेछ । 
ललितपुरले ३ खेलमा १ जित र २ हार ब्यहोेर्दा चितवनले ३ खेलमा ३ वटैमा पराजय भोगेको छ । आजको खेलमा दुवै टोलीलाई जित्नैपर्ने दवाव छ।  

 

प्रकाशित: ८ पुस २०७४ ०२:२० शनिबार

इपीएलमा विराटनगर–भैरहवा ललितपुर–चितवन भिड्दै