खेल

राजीव र सुस्मिता च्याम्पियन

 भक्तपुर ५ का राजीव चिकबन्जार र ओखलढुंगा–७ की सुस्मिता खड्का तेस्रो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको खुला सिंगल्स च्याम्पियन बनेका छन्।  

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा पुरुषमाराजीव तथा महिलामा सुस्मिता पहिलो भएका हुन्। स्पिन इभेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमाराजीवले सिराहा–२ का कृष्ण थापा मगरलाई ११–८, ११–७, १०–१२, ७–११र ११–९ को सेटमा पराजित गरे। बेलकोटगढी–८ का गणन्जय दाहाल तथा सिन्धुपाल्चोक–६ का सुजन गडाल संयुक्त रूपमा तेस्रो भए। प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा सुस्मिताले भक्तपुर–२ की मन्जु सुवाललाई ११–७, ११–७र ११–१ को सोझो सेटमा पराजित गरिन्।

कीर्तिपुर–६ की योङ्गी पौडेलर भक्तपुर–६ की यशस्वी अवालले तेस्रो स्थानमा चित्त बुझाए। पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजारर ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। जम्मा १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो। अन्य स्पर्धाको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुर ६ काजयस्नु महर्जनर गल्र्समा कीर्तिपुर ६ की योङ्गी पौडेल तथा टिम इभेन्टको पुरुषमा ललितपुर–६र महिलामा भक्तपुर– २ ले स्वर्ण हात पारे।

भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि काठमाडौं–२६ का चन्दन शाही, ५० वर्षमाथि ललितपुर–६ काराजेन्द्र कपालीर ६० वर्षमाथि धरानकाराजन सुब्बा तथा महिला ४० वर्षमाथि काठमाडौं–२९ की इन्दिरा पराजुलीले पहिलो स्थान हात पारेका थिए। टिम इभेन्टमा बाहेक अन्य स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजारर तेस्रोले २ हजार ५ सय नगद पुरस्कार पाए। टिम इभेन्टमा भने नगद पुरस्कार थिएन। प्रतियोगितामा दिनेश बोहरा,रोज शाही, सिरा शाक्यर मेरिशा श्रेष्ठ उदीयमान खेलाडी घोषित भए।

विजेतालाई बाग्मती प्रदेशका सांसद मीनकृष्ण महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। चारदिने प्रतियोगितामा करिब चार सय खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जानकारी दिए। अखिल नेपाल टेबल टेनिस संघको तŒवावधानमा सम्पन्न प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समितिर गोदावरी नगरपालिका छन्। 

प्रकाशित: ११ कार्तिक २०८० ००:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App