खेल

विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई हरायो

भारतमा हिजो देखि सुरु भएको आइसिसी विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएको छ।

भारतको हैदराबादमा भएको दिवारात्री यो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई  ८१ रनले हराएको हो । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले  ४९ ओभरमा २ सय ८६ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफमा नेदरल्यान्ड्सले  ४१ ओभरमा २०५ रन बनाउँदा सबै विकेट गुमायो र खेल ८१ रनबाट हार्न पुग्यो । नेदरल्यान्ड्सका लागि बास डि लिडेले सबै भन्दा वढि ६७ रन बनाए । त्यसैगरी लोगन भान बीकले २८ र सकिब जुलफिकरले १० रन बाहेका अरु कसैले दोहोराे अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका लागि हरिस रौफले ३ तथा हसन अली २ विकेट लिए । त्यसैगरी शाहिन शाह अफ्रिदी,इफ्तिखर अहमद , मोहम्मद नवाज र शादब खानले समान एक एक विकेट हात पारे।

यस अघि पाकिस्तानको पालोमा  मोहम्मद रिजवान र साउद सकिलले ६८/६८ रन बनाए।त्यसैगरी मोहमद नवाजले ३९ तथा सादव खानले ३२ रनको योगदान दिए।

नेदरल्यान्ड्सका लागि  बास डी लिडले ९ ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए।कोलिन एकरम्यानले  २ विकेट लिए। त्यसैगरी अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनले समान एक विकेट लिए।  

नेदरल्यान्ड्सको टोली :

स्कट एडवार्ड्स (कप्तान), म्याक्स ओडाउड, बास डि लिडे, विक्रम सिंह, तेजा निडामानिरु, पाउल भान माक्रेन, कोलिन एकरम्यान, रोलेफ भान डर मर्वे, लोगन भान बीक, अर्यान दत्त, रयान केलिन, वेस्ली ब्यारेसी, सकिब जुलफिकर, शरिफ अहमद र साइब्रान्ड एंगेलब्रेक्च ।

पाकिस्तानको टोली :

फखार जमान, इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली।

प्रकाशित: १९ आश्विन २०८० १६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App