पर्सि बिहीबार देखि भारतमा विश्वकप क्रिकेटको १३औँ संस्करण सुरु हुँदैछ।
भारतका विभिन्न सहरका १० वटा रङ्गशालामा हुने यस प्रतियोगिताको पहिलो खेल पर्सि साबिक विजेता इग्ल्याड र साबिक उपविजेता न्यूजिल्याडविच नेपाली समय अनुसार दिउँसो २: १५ देखि भारतको अहमदाबादमा हुनेछ।
१० राष्ट्र सहभागी भएको यो खेलमा आयोजक भारतले अक्टोबर ८ मा चेन्नाईमा अस्ट्रेलिया विरुद्ध पहिलो खेल खेल्नेछ। त्यसैगरी पाकिस्तानले नेदरल्याड्ससंग अक्टोबर ६ मा हैदरवादमा पहिलो खेल खेल्नेछ।
यस प्रतियोगितामा अफगानिस्तान,अस्ट्रेलिया बङ्गलादेश, भारत,इग्ल्याड, नेदरल्याड्स , न्यूजिल्याड ,पाकिस्तान,दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० टोली सहभागी छन। विश्वकप क्रिकेट सन् १९७५ मा इग्ल्याडबाट सुरु भएको हो। लगातार ३ पटक गरी कुल ५ पटक विश्वकप क्रिकेटको आयोजना गरेको इग्ल्याडले उपाधि भने एक पटक मात्र जित्न सफल भएको छ। विश्वकपको उपाधिले अस्ट्रेलिया सबैभन्दा वढि पाँच पटक जितेको छ। त्यसैगरी वेष्टइण्डीज र भारतले दुई पटक उपाधि जितेका छन। त्यसैगरी पाकिस्तान र श्रीलङ्काले पनि एक एक पटक उपाधि हात पारेका छन ।
१३ औ विश्वकप क्रिकेटमा कुल ४८ वटा खेल खेलाइने छ। सेमिफाइनल नोभेम्बर १५ र १६ मा हुनेछ भने फाइनल खेल नोभेम्बर १९ मा हुनेछ।
प्रकाशित: १६ आश्विन २०८० ११:१८ मंगलबार