नेपालले भारतविरुद्धको खेलमा सय रन पुरा गरेको छ।
भारतले दिएको २ सय ३ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले ४ विकेटको क्षतिमा सय रन पुरा गरेको हो।
हालसम्मको अवस्थामा नेपालले निर्धारित ओभरको १४ ओभर खेल्दै ४ विकेट गुमाएर ११९ रन बनाएर ब्याटिङ गरिरहेको छ।
अहिले मैदानमा नेपालका तर्फबाट दिपेन्द्रसिंह ऐरी ३० रन र सन्दिप जोरा १२ रन बनाएर ब्याटिङ गरिरहेका छन्।
प्रकाशित: १६ आश्विन २०८० ०३:५७ मंगलबार