खेल

नेपालविरुद्ध पाकिस्तानले १५ ओभरमा बनायो ७२ रन

एसिया कप क्रिकेट अन्तर्गत नेपाल विरुद्ध पाकिस्तानले १५ ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको छ।

नेपालका लागि करन केसीले पहिलो विकेट लिएका हुन। उनले पाकिस्तानका फखर जमानलाई १४ रनमा आसिफ शेखबाट क्याच आउट गराएका हुन। दोस्रो विकेटको रुपमा नेपालका कप्तान रोहित पौडेलले इमाम उलहकलाई ५ रन आउट गरेका हुन। उलहक ६ दशमलव १ ओभरमा रन आउट भएका हुन।

ताजास्थितीमा पाकिस्तानले १७ ओभरमा २ विकेट गुमाएर ७८ रन बनाएको छ ।अहिले पाकिस्तानका कप्तान बाबर आजाम  र मोहम्मद रिजवान क्रिजमा छन्।  आजाम २६ तथा  रिजवान २७ रन बनाएर खेलिरहेका छन्। 

प्रकाशित: १३ भाद्र २०८० १०:५६ बुधबार

नेपालविरुद्ध पाकिस्तानले १५ ओभरमा बनायो ७२ रन