खेल

नेपालविरुद्ध पाकिस्तानले १० ओभरमा बनायो ४४ रन

एसिया कप क्रिकेट अन्तर्गत नेपाल विरुद्ध पाकिस्तानले १० ओभरमा २ विकेट गुमाएर ४४ रन बनाएको छ।

पहिलो ५ ओभरमा २१ रन बनाएको पाकिस्तानले अर्को ५ ओभरमा २३ रन बनाएको हो। ५ दशमलव ३ ओभरमा नेपाललाई पहिलो विकेट हात लाग्यो। नेपालका लागि करन केसीले पहिलो विकेट लिएका हुन। उनले पाकिस्तानका फखर जमानलाई १४ रनमा आसिफ शेखबाट क्याच आउट गराएका हुन। दोस्रो विकेटकाे रुपमा नेपालका कप्तान रोहित पौडेलले इमाम उलहकलाई ५ रन आउट गरेका हुन। उलहक ६ दशमलव १ ओभरमा रन आउट भएका हुन।

पाकिस्तानले पहिलो ओभरमा ९ रन, दोस्रो ओभरमा २ रन, तेस्रो ओभरमा ० रन, चौथो ओभरमा ५ रन र पाँचौँ ओभरमा ५ रन बनाएको हो। त्यसैगरी छैठौँ ओभर र सातौ ओभरमा चार चार रन बनायो। त्यसैगरी आठौँ ओभरमा २ रन नवौँ ओभरमा  ७ रन तथा दशौँ ओभरमा ४  रन बनायो। अहिले कप्तान बाबर आजाम  र मोहम्मद रिजवान क्रिजमा छन्। पहिलो ५ ओभरमा २१ रन बनाएको पाकिस्तानले अर्को ५ ओभरमा २३ रन बनाएको हो। 

५ दशमलव ३ ओभरमा नेपाललाई पहिलो विकेट हात लाग्यो। नेपालका लागि करन केसीले पहिलो विकेट लिएका हुन। उनले पाकिस्तानका फखर जमानलाई १४ रनमा आसिफ शेखबाट क्याच आउट गराएका हुन। दोस्रो विकेटकाे रुपमा नेपालका कप्तान रोहित पौडेलले इमाम उलहकलाई ५ रन आउट गरेका हुन। उलहक ६ दशमलव १ ओभरमा रन आउट भएका हुन।

पाकिस्तानले पहिलो ओभरमा ९ रन, दोस्रो ओभरमा २ रन, तेस्रो ओभरमा ० रन, चौथो ओभरमा ५ रन र पाँचौँ ओभरमा ५ रन बनाएको हो। त्यसैगरी छैठौँ ओभर र सातौ ओभरमा चार चार रन बनायो। त्यसैगरी आठौँ ओभरमा २ रन नवौँ ओभरमा  ७ रन तथा दशौँ ओभरमा ४  रन बनायो। अहिले कप्तान बाबर आजाम  र मोहम्मद रिजवान क्रिजमा छन्। 

प्रकाशित: १३ भाद्र २०८० १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App