खेल

‘आऔं खेल खेलौं’भदौ ८ मा

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय राजदूतावास र नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले संयुक्त रूपमा ‘आऔं खेल खेलौं खेलकुद दिवस आयोजना गर्ने भएका छन्। यी दुईको आयोजनामा प्रहरी एकेडेमी मैदानमा आगामी भदौ ८ गते खेलकुद दिवस आयोजना हुन लागेको हो। समावेशी र तन्दुरुस्त समाजको लागि एक माध्यमको रूपमा खेलकुद भन्ने नाराका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा नेपाल र भारत दुवै देशका परम्परागत खेल खो–खो, कबड्डी, पानढुंगे (सटोलिया), रुमाल लुकाई र टग अफ वार (तान डोरी) खेलाइनेछ।  

यी खेलहरूमा विभिन्न नौ विद्यालयका सातदेखि १२ कक्षासम्मका १ सय २० भन्दा बढी विद्यार्थीहरू, केही खेलकुद सेलिब्रेटीहरू, खेलप्रेमी, नेपाल प्रहरीको टोली तथा भारतीय राजदूतावासका टोलीहरूले ठूलो उत्साहका साथ भाग लिनेछन्। कार्यक्रममा नेपाल प्रहरी र भारतीय राजदूतावास, काठमाडौंका उच्चपदस्थ अधिकारीका साथै खेलकुदकर्मीको उपस्थिति रहनेछ। नेपाल तथा भारतमा खेलिने मौलिक एवं परम्परागत खेलकुदको जगेर्ना गर्दै नयाँ पुस्तालाई यी खेलबारे अभ्यस्त गराउन पहिलो पटक आयोजना गर्न लागेको यो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।

प्रकाशित: ७ भाद्र २०८० ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App