घरेलु टोली वेस्टइन्डिजले दोस्रो एकदिवसीय खेलमा भारतलाई पराजित गरेको छ।वेस्ट इन्डिजले भारतमाथि ६ विकेटको जित हात पारेर तीन खेलको एकदिवीय श्रृखलामा १–१ को बराबरीमा पुर्याएको छ।
यसअघि भारतले दिएको १ सय ८२ रनको लक्ष्य वेस्टइन्डिजले ३६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
वेस्टइन्डिजको जितमा कप्तान शाई होपले आउट नभई ६३ तथा केसी कार्टी पनि आउट नभर्ए ४८ रन बनाए।
भारतका शार्दुल ठाकुरले ३ तथा कुलदिप यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको भारत ४० दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो।भारतका ओपनर ईशान किशनले ५५ रनको योगदान दिए।त्यसैगरी शुभमन गिलले ३४ रन बनाए ।
वेस्टइन्डिजको जितमा रोमारियो शेफर्ड र गुडाकेश मोतीले समान ३/३ विकेट लिए । अल्जारी जोशेफले २ तथा जयडेन सिल्स र यानिक कारियाहले समान १/१ विकेट लिए।तेस्रो तथा निर्णयक एकदिवसयि खेल पर्सि मंगलबार हुनेछ।
प्रकाशित: १४ श्रावण २०८० ०४:२१ आइतबार