चीनको हान्झोउमा हुने १९औं एसियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोलीको नाम सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेका नेपाली टोलीमा रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी रहेका छन।
नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी,आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलसन झा, करण केसी,विनोद भण्डारी (विकेटकिपर) अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा,
१९औं एसियाली खेलकुद अन्तर्गतको क्रिकेट ट्वान्टी २० शैलीमा हुनेछ।टोलीमा विनोद भण्डारी,अभिनाश बोहरा र विवेककुमार यादवले पुनरागमन गर्दा टोलीका नियमित सदस्य आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने बाहिरिएका छन्।
विनोदले सन् २०२२ जुलाई तथा अभिनाशले २०२२ अप्रिलपछि नेपाली टोलीमा पुनरागमन गरेका हुन्।यसैगरी विवेकले गतवर्ष अगस्टमा केन्या भ्रमणमा अन्तिम पटक नेपाली टोलीबाट खेलेका थिए।
प्रकाशित: १२ श्रावण २०८० १५:२३ शुक्रबार