खेल

बाग्मती हाप्किडोमा गुरुङ

नेपाल हाप्किडो संघ, बाग्मती प्रदेशको अध्यक्षमा मनोज गुरुङ निर्वाचित भएका छन्। बिहीबार सम्पन्न बाग्मती प्रदेशस्तरीय भेलाले गुरुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

संघको उपाध्यक्षमा मन्दिरा शाक्य र दावादोर्जे योन्जन, सचिवमा सुदीप तमाङ, कोषाध्यक्षमा रेलिमाई गुरुङ तथा सदस्यमा मिङमारनोर्वु तमाङ र अरूण खत्री केसी छन्।

नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षता तथा प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशका बोर्ड सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न जिल्लाका प्रतिनिधि, प्रशिक्षक र खेलाडीको उपस्थिति थियो।

प्रकाशित: २९ असार २०८० ०२:५८ शुक्रबार

बाग्मती हाप्किडोमा गुरुङ नेपाल हाप्किडो संघ