खेल

फिफा निर्णयको आलोचना

मानामा- इथिक्स कमिटी सदस्य हटाउने फिफाको निर्णयलाई कमिटीका सदस्य तथा अनुसन्धानकर्मी कोर्नेल बोर्बेलीले बुधबार सर्वोच्च निकायको यस निर्णयले भ्रष्टचारविरुद्धको अभियानमा धक्का लागेको बताएका छन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मे ११ मा गल्फमा हुने फिफा कंग्रेसमा बोर्बेलीसँगै सेफ ब्लाटरलाई बर्खास्त गर्न भूमिका खेलेका न्यायाधीश हान्स जोचिम इकर्टलाई पुनः नियुक्त नगर्न सिफारिस गरेको थियो।

बोर्बेलीले फिफामा अझै सयौं भ्रष्टाचारका मुद्दाहरू विचाराधीन रहेको समेत बताए।

‘कमिटी विघटन गर्नु ठूलो कुरा होइन तर, यो सुधार प्रक्रियाको अन्त्य हो,’ बोर्बेलीले भने, ‘इथिक्स कमिटी फिफा पुर्नसंरचनामा एक महŒवपूर्ण संस्थाको रूपमा रहेको छ। हामीले केही हदसम्म भए पनि फिफाप्रतिको विश्वास फर्काउन सक्यौं। जुन समग्र विश्व खेलजगत्का लागि उदाहरणीय बन्न सक्छ। अहिले इथिक्स कमिटीको काम फिफा पदाधीकारीहरूका लागि असहज बनेको देखियो। यसले भ्रष्टाचारविरुद्धको लडाइँलाई अझै पछि धकेलेको छ।’

नाटकीय रूपमा आएको उक्त सिफारिस शक्तिशाली निकाय फिफा काउन्सिलले मंगलबार ग्रहण गरेको छ। ४ वर्षे कार्यकाल सकिएपछि दुवैलाई फेरि नियुक्त नगर्ने निर्णय लिइएको थियो।

काउन्सिलले इर्किटको स्थानमा युरोपियन अदलतका पूर्वन्यायाधीश भ्यासिलियोस स्कोरिस र अनुसन्धानकर्ता बोर्बेलीको स्थानमा कोलम्बियाका मारिया क्लाउडिया रोजसलाई नियुक्त गर्ने सिफारिस गरेको छ।

बहराइनमा बिहीबारबाट सुरु हुने फिफा कंग्रसले यसबारे निर्णय लिनेछ।

आलोचकहरुले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले व्यक्तिगत स्वार्थका आधारमा उक्त विवादास्पद निर्णय लिएको आरोप लगाएका छन्। इथिक्स कमिटीले गत वर्ष उनीमाथि अनुसन्धान अघि बढाएको थियो।

सन् २०१५ नोभेम्बरमा ब्लाटर र मिचेल प्लाटिनीविरुद्धको सुनुवाईका क्रममा इर्किट प्रमुख न्यायाधीश थिए।

‘यो फिफाका लागि राम्रो दिन होइन,’ मानामामा पत्रकार सम्मेलन गर्दै इर्किटले भने, ‘फुटबलले हारेको छ किनभने फिफामा इमानदार र राम्रो बन्न खोज्नु कठिन छ। म होइन फुटबल हारेको छ।’

आलोचकहरुले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले व्यक्तिगत स्वार्थका आधारमा उक्त विवादास्पद निर्णय लिएको आरोप लगाएका छन्। इथिक्स कमिटीले गत वर्ष उनीमाथि अनुसन्धान अघि बढाएको थियो।

प्रकाशित: २८ वैशाख २०७४ ०३:०५ बिहीबार

फिफा निर्णयको आलोचना