खेल

नेदरल्यान्ड्सविरुद्ध पहिले पावर प्लेमा नेपाल जम्मा २३ रन सीमित

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्सबीच खेल भईरहेको छ । पहिलो पावर प्लेमा नेपालले नेदरल्यान्ड्सविरुद्ध एक विकेट गुमाएर जम्मा २३ रन मात्र बनाउन सकेको छ । 

जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा जारी यो खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिलो व्याटिङ गर्न निम्तो दिएको हो ।नेपालले खराव शुरुवात गर्दै २ दशमलब  २ ओभरमा आसिफ शेखलाई सुन्य रनमा गुमाउन पुग्यो।अहिले कुसल भुर्तेल र भिम सार्की क्रिजमा छन ।  ताजास्थीतमा नेपालले १२ ओभरमा १ विकेट गुमाएर ३६ रन बनाएको छ । कुसल भुर्तेल २२ तथा भिम सार्की ११ रन बनाएर खेलिरहेका छन ।  

 

नेपालको प्लेईङ ११

आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

प्रकाशित: ९ असार २०८० ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App