खेल

म्याराथनमा पदक जित्ने सम्मानित

काठमाडौं – एफडब्लुडी नर्थ पोल म्याराथनमा पदक जित्ने नेपाली खेलाडी भीमबहादुर गुरुङ र समीर तामाङ सम्मानित भएका छन् । नर्थ पोल म्याराथन विश्वकै चिसो ठाउँमा हुने म्याराथन हो । भीमबहादुर र समीरलाई मंगलबार बतासे ट्रेल्सले सम्मान गरेको हो । 

अप्रिल ९ मा भएको म्याराथनमा भीमबहादुर दोस्रो र समीर तेस्रो भएका थिए । भीमले ४ घण्टा १८ मिनेट र समीरले ४ घण्टा ३१ मिनेटमा दौड पूरा गरेका थिए । भीमबहादुर र समीर दुवै आर्मीका खेलाडी हुन् । 

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले दुवै खेलाडीलाई जनही १० हजारसहित सम्मान गरे। 

कार्यक्रममा भीम र समीरको यात्रालाई प्रायोजन गरेकी स्कटल्यान्डकी नातालियालाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो । यसै गरी  आगामी तेस्रो संस्करण वैशाख १२ गतेदेखि हुने आयोजकले बताएको छ। 

८५ किलोमिटर, ३७ किलोमिटर र १२ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने बतासे ट्रेल्सका अध्यक्ष सुमन तामाङले बताए । 

८५ किलोमिटरको स्पर्धा ठमेलबाट सुरु भई सिन्धुपाल्चोकको बतासेमा पुगेपछि सम्पन्न हुनेछ ।
 
फडब्लुडी नर्थ पोल म्याराथनका पदक विजेता खेलाडी भीमबहादुर गुरुङ र समीर तामाङ सम्मान ग्रहणपछि । 

प्रकाशित: ६ वैशाख २०७४ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App