खेल

बक्सिङ खेलाडीहरू सम्मानित

भक्तपुरका बक्सिङ खेलाडीहरू सम्मानित भएका छन्। भक्तपुर जिल्ला बक्सिङ संघले संघका नवनिर्वाचित पदाधिकारीहरूको बधाई तथा प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनीहरु सम्मानित भएका हुन्। 

प्रदेश खेलकुदमा स्वर्ण पदक विजेता अस्मिता दुवाल, भावना भण्डारी र विजय बाटालाई सम्मान गरिएको हो। साथै बक्सिङ प्रशिक्षक केदार तुईतुई पनि सम्मानित भए। उनीहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मानित गरेका हुन्। साथै कार्यक्रममा हालै भक्तपुर बक्सिङ संघमा नवनिर्वाचित अध्यक्षलगायतका कार्यसमितिका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि मेयर प्रजापति, भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवाँ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका बागमती प्रदेशका प्रतिनिधि मानबहादुर भण्डारी, प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका धनकुमार मैनाली, भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापति, नेपाल बक्सिङ संघका कोषाध्यक्ष गौतम सुजखुलगायतले बक्सिङका विविध विषयमा चर्चा गरे। 

प्रकाशित: २८ जेष्ठ २०८० १४:३६ आइतबार

बक्सिङ खेलाडीहरू सम्मानित