खेल

ए डिभिजन लिग :हिमालयनले एपीएफलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई हराएको छ।

एन्फा कम्प्लेक्समा सातदोवाटोमा आज  हिमालयन शेर्पा क्लबले ससस्त्र प्रहरीको बलको एपीएफ क्लबलाई ३(२ गोल अन्तरले हराएको हो ।हिमालयनको जितमा खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरेका हुन ।त्यसैगरी एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल गरे ।

आजको जितपछि हिमालयनले १९ खेलमा २४ अंक जोडेर  सातौं स्थानमा रहेको छ।एपीएफले १९ खेलमा २२ अंकका साथ  ११ औं स्थानमा रहेको छ।

प्रकाशित: ५ जेष्ठ २०८० १३:३५ शुक्रबार

ए डिभिजन लिग :हिमालयनले एपीएफलाई हरायो