खेल

पोखरामा कायाकिङ प्रतियोगिता गरिँदै

क्याप्शन

जेठ दोस्रो साता पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ। प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ¥याफ्टिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता जेठ १२ गते आयोजना हुने भएको हो। प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहासिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता रहने स्पष्ट पारे।  

‘वाटर स्पोर्टस’को विकाससँगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा –२५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने जानकारी दिए। ‘यो स्थान ह्वाइट वाटर कायाकिङका लागि निकै सुगम ठाउँ हो,’ उनले भने, ‘यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवद्र्धन गर्नु प्रतियोगिताको अर्को उद्देश्य हो।’

सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ। प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमशः नगद ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ।  

प्रकाशित: ५ जेष्ठ २०८० ०८:१९ शुक्रबार

पोखरा कायाकिङ प्रतियोगिता